सोमबार, वैशाख ८, २०८२

सर्बियाको राजधानीमा भ्रष्टाचारविरुद्ध विशाल र्‍याली

नेपालखोज २०८१ चैत १ गते १५:५९

काठमाडौं । सर्बियाको राजधानी बेलग्रेडमा शनिबार दशौँ हजार भ्रष्टाचारविरोधी प्रदर्शनकारी भेला भएका छन् ।

गत नोभेम्बरमा नोभी साड सहरमा रेलवे स्टेसनको छत भत्किँदा १५ जनाको मृत्यु भएपछि सुरु भएको भ्रष्टाचार विरोधी आन्दोलनको यो सबैभन्दा ठूलो विरोध प्रदर्शन हो ।

राष्ट्रपति अलेक्जेन्डर वुकिचको सङ्कटग्रस्त सरकारका समर्थक पनि राजधानीमा भेला भइरहेका छन् यसले त्यहाँ झडपको जोखिमबारे चिन्ता बढ्दै गएको छ । युरोपेली सङ्घ र संयुक्त राष्ट्रसङ्घ दुवैले शुक्रबार सरकारलाई प्रदर्शन गर्ने अधिकारको सम्मान गर्न अपिल गरेका छन् ।

रेलवे स्टेशनको दुर्घटनाले कथित भ्रष्टाचार र निर्माण परियोजनामा ढिलासुस्तीको कारण लामो समयदेखि तिक्ततालाई प्रज्वलित गरहेको छ । हप्तौँदेखि विद्यार्थी नेतृत्वले सर्बियाका प्रमुख सहरमा र्याली निकाल्दै आएका छन् ।

उनीहरूले आफ्नो भ्रष्टाचार विरोधी अभियानलाई ग्रामीण वस्ती र शहरहरूमा पनि लगेका छन् जुन लामो समयदेखि भुसिकको सरकारको समर्थनको मेरुदण्ड हो ।

विद्यार्थी नेतृत्वको आन्दोलन शनिबार बेलग्रेड फर्केपछि सरकारमाथि थप दबाब बढ्ने सम्भावना छ । आन्दोलनका कारण प्रधानमन्त्रीसहित केही उच्च पदस्थ अधिकारीले हालैका महिनामा राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया