बुधबार, वैशाख १०, २०८२

स्ववियु निर्वाचनको माग गर्दै आरआर क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

नेपालखोज २०८१ चैत ४ गते ११:०७

काठमाडौं । स्ववियु निर्वाचनको माग गर्दै आरआर क्याम्पस अगाडि नेविसंघले प्रदर्शन गरेकाे छन् । आरआर गेट अगाडि भेला भएका नेविसंघ नेता कार्यकर्ताले निर्वाचनको माग गर्दै नाराबाजी गरेका हुन् ।

उनीहरूले तत्काल स्ववियु निर्वाचन हुनुपर्ने माग गरेका छन् । क्याम्पस प्रवेशद्वारामा तालाबन्दी भएको र प्रतिकुल अवस्था सृजना भन्दै कलेज प्रशासनले आज बिहान निर्वाचन स्थगित गरेको थियो ।

सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तय गरिने बताइएको छ । सत्तारुढ एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले गएराति क्याम्पसमा तालाबन्दी गरेको थियो ।

प्रतिक्रिया