आइतबार, वैशाख ७, २०८२

राष्ट्र बैंकको नयाँ निर्देशन, बैंकिङ क्षेत्रले खुद मुनाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने

नेपालखोज २०८१ चैत ४ गते ११:२०

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले खुद मुनाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्न राष्ट्र बैंकले निर्दैशन दिएको छ । सोमबार बाँणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

यो निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यमा थप क्रियाशील हुन आफ्नो हरेक आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा एक प्रतिशत रकम छुट्टयाई संस्थागत सामाजिक उत्तरदायित्व कोष खडा गरी जम्मा गर्नु पर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धमा यस बैंकबाट जारी ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन, २०८१’ बमोजिम यो खर्च गर्नुपर्नेछ ।

राष्ट्र बैंकका अनुसार यो मार्गदर्शन जारी भएको मिति पछि स्वीकृत हुने संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि यस मार्गदर्शन अन्तर्गतका व्यवस्थाहरु लागु हुनेछन् ।

प्रतिक्रिया