बुधबार, वैशाख १०, २०८२

‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति घिमिरेले मागे माफी

नेपालखोज २०८१ चैत ५ गते ११:३९

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपालमा यौन व्यवसाय खुला गनुपर्ने धारणाप्रति माफी मागेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मीक समयमा घिमिरेले आफुले राखेको धारणाले पर्न गएको नकारात्मक प्रभावप्रति क्षमायाचना गरेका हुन् ।

उनले चैत ३ गते संसदको विशेष समयमा सदनमा राखेको धारणा व्यक्तिगत भएको र कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा नभएको स्पष्ट पारे ।

घिमिरेले नेपालमा यौन व्यवसाय खुला धारणा राखेपछि सदनमा विरोध भएको थियो ।

प्रतिक्रिया