प्रधानमन्त्री ओली र माल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता
नेपालखोज
२०८१ चैत ६ गते ११:१४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइ बीच भेटवार्ता भएकाे छ ।
बीहीबार प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओली र माल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता भएकाे हाे । भेटमा दुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उनीहरुबीच जलवायु परिवर्तन, शिक्षा, संस्कृति र व्यपारिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षालाई केन्द्रमा राखेर जलवायु परिवर्तनका मुद्धामा नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सगरमाथा संवाद कार्यक्रम गर्न लागेको र त्यसमा सहभागिताका लागि आग्रह समेत गरेको सचिवालयको भनाइ छ ।
सम्बन्धित
प्रतिक्रिया