‘पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानविपरीत काम गरे, कारबाही गर्नुपर्छ’
नेपालखोज
२०८१ चैत ६ गते १२:१६

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राजाले संविधान विपरीत काम गरेकाले कारबाही गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद खतिवडाले फागुन ६ गते प्रजातन्त्र दिवसका अवसरमा शुभकामनामा भिडियो सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले शाही निशाना प्रयोग गरेको र श्री ५ को सरकार लेखेकाले कारबाही गर्न माग गरेका हुन् ।
उनले २०६५ जेठ १६ गते शाही निशाना हटाए पनि अहिलेसम्म त्यो प्रयोग गरेर संविधान विपरीत काम गरेको बताए । खतिवडाले त्यो काम कसरी हुने अवस्था आयो भन्दै प्रश्न समेत गरे ।
सम्बन्धित
प्रतिक्रिया