मंगलबार, वैशाख ९, २०८२

आज तीन संसदीय समितिको बैठक बस्दै

नेपालखोज २०८१ चैत ७ गते ९:१६

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत बिहान १० बजे सार्वजनिक लेखा समिति बैठक बस्दैछ । बैठकमा समितिमा प्राप्त उजुरी उपर छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समिति अन्तर्गतका उपसमितिहरूमा सदस्य थप तथा हेरफेर, विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा उपसमिति गठन, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

प्रतिक्रिया