बलिउड किङ शाहरुखका ७ फिल्म जुन कहिल्यै रिलिज हुदैनन्
एजेन्सी । बलिउडका किङ अर्थात् शाहरुख खानले आफ्नो जीवनमा कैयौं फिल्ममा अभिनय गरेका छन्। भारतको सिनेमा जगतमा मात्रै नभएर उनको नाममा ताली बजाउने दर्शक विश्वभरमा फैलिएका छन्।
बलिउडमा साहरुख खानले कैंयौ चलचित्रमा अभिनय गरे, तर उनका धेरै फिल्महरु रिलिज भएन र सायद अब ति फिल्म कहिल्यै पनि हल तथा थियटरमा रिलिज हुँदैन। वास्तवमा शाहरुख खानका कुल मिलाएर २० वटा फिल्महरु सिनेमा हलमा रिलिज भएका छैनन्। तर, यस लेखमा सारुख खानका केवल सात फिल्महरुलाई उल्लेख गरिएको छ।
१. मदरल्याण्ड
सुभाष घईको निर्देशनमा बन्न लागेको फिल्म मदर ल्याण्डमा शाहरुख खानलाई मुख्य भूमिकामा लिएको थियो। तर,शाहरुखसँगै बलिउडमा त्यति बेला ख्याती कमाएका अभिनेता अमिताभ बच्चनलाई फिल्ममा लिएपछि शाहरुखले आफु अमिताभको कलाकारिताको अगाडि फिक्का पर्ने भएका कारण उनले फिल्म छोडेका थिए।
२. शिखर
सुभाष घईले शाहरुखसँग ’परदेश’ र ’त्रिमूर्ति’ जस्ता धेरै फिल्महरू बनाए। मदरल्याण्डभन्दा अघि उनको फिल्म ’शिखर’ पनि शाहरुखलाई ध्यानमा राख्दै लेखिएको थियो, जसमा ज्याकी श्राफको भूमिकाको पनि कथा थियो। यो फिल्म ठुलो लगानीमा भन्न लागेको एउटा युद्धसँग सम्बन्धित रहेको चलचित्र थियो। वास्तवमा यो फिल्म दुवैसँग ’त्रिमूर्ति’ मा काम गर्दा योजना गरिएको थियो।
३. एक्सट्रिम सिटी
यस फिल्मको बर्लिन फिल्म फेस्टिभलमा सार्वजनिक भएको एक तस्बिरबाट चर्चा सुरु भएको थियो, जसमा शाहरुख खानसँग लियोनार्डो क्याप्रियो मात्र नभई करण जोहर निर्माता डेभिड वेसमैन, लेखक पाल श्रडरको संलग्नता थियो। तर, कहिले फिल्मको मिति, कहिले कथा फाइनल नभएपछि यो परियोजना बन्द भयो। योसँगै शाहरुखको हलिउड चलचित्रमा काम गर्ने सपना पनि अधूरो रह्यो ।
४. रश्क
अमिताभ बच्चन, जुही चावला र शाहरुख खानलाई लिएर बन्न लागेको यो फिल्म आधी मै रोकिएको थियो। यस फिल्मको शुटिङ आधि भइसकेको थियो। तर, केहि कारणबस यो फिल्मको शुटिङ कहिल्यै पुरा भएन।
५. द इडियट
शाहरुख खानका फ्यानहरूलाई यस फिल्मकाबारेमा थोरै पनि थाहा नहुन सक्छ। सन् १९९१ मा फिल्म ’द इडियट’ चार भागमा शृंखलाको रुपमा दूरदर्शनमा रिलिज भएको थियो। फिल्म निर्माता मणि कौलको ४ घण्टा ६ मिनेट लामो उक्त चलचित्र त्यसैको अर्को वर्ष न्युयोर्क फिल्म फेस्टिभलमा देखाइएको थियो, तर त्यसपछि पनि यो कुनै पनि सिनेमा हलमा कहिल्यै रिलिज भएन।
६. किसी से दिल लगाके देखो
यस फिल्मको पोस्टर सोशल मिडियामा एकदमै धेरै भाइरल भएको थियो। यस फिल्मको पोस्टरमा शाहरुख खानसँगै आयशा जुल्का र मधुलाई पनि देख्न सकिन्छ। यस फिल्मलाई कल्पतारु निर्देशन गर्दै थिए र संगीत राजेश रोशनले भरेका थिए। फिल्मकाबारेमा यति धेरै जानकारी छ कि यो प्रोजेक्ट सन् १९९६ मा बनेको थियो, फिल्मको छायांकन सुरु त भएको थियो तर केहि कारणले फिल्मलाई अन्त्यमा रोक्नु परेको थियो।
७. कूची कूची होता है
‘कुछ कुछ होता है’को सफलतापछि करण जोहरले यसको पार्ट २ ल्याउने भनिएको थियो । र त्यस फिल्मको नाम ’कुची कुची होता है राख्ने भनिएको थियो। तर, फेरि कुछ कुछ होता है रिलिज भएको २० वर्षपछि मात्र कुची कुची होता है लाई रिलिज गर्ने भनिएको थियो। वास्तवमा पछि आएर खुलासा भयो, उक्त फिल्म एक अनिमेशन चलचित्र हो भन्ने । सन् २०११ मा बन्द गरिएको यो चलचित्र अब २०२१ मा रिलिज हुने बताइएको छ।
प्रतिक्रिया