लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१७ कटुवा खोला नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १६० मिलिग्राम सहित राजपुर गाउँपालिका-६ गंदीखोला बस्ने २८ वर्षीय दिपक पुनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका-१७ रेल्वे चोक बस्ने २९ वर्षीय कमल शाक्यलाई नियन्त्रित लागूऔषध ट्रामोल १ हजार ५० ट्याबलेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–११ कुर्विता चोक बस्ने २१ वर्षीय कमलहाङ राईलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
चितवनको भरतपुर महानगरपालिका-२ क्याम्पाचौरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट, एनारगन ७७ ट्याब्लेट र स्पास्मो २९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २० वर्षीय बादल तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापाको भद्रपुर नगरपालिका–५ देबी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २५० मिलिग्राम सहित सोही नगरपालिका–५ बस्ने २५ वर्षीय मोहमद अनारूललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट भद्रपुरतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया