सालकको खपेटासहित एक जना पक्राउ
नेपालखोज
२०८१ चैत ९ गते २०:३०

काठमाडौं । चन्द्रागिरी नगरपालिका–४ पानीघाटबाट सालकको खपेटा जस्तो देखिने बस्तु ८ थान, नङ्ग्रा १ थान, दुम्सीको काँडा जस्तो देखिने बस्तु ३ थान, नगद ५२ हजार रूपैयाँ र मोबाइल १ थान सहित दोलखा शैलुङ गाउँपालिका-६ घर भएका ३२ वर्षीय सुवास तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले मकवानपुरको चित्लाङबाट काठमाडौं थानकोटतर्फ आउँदै गरेका उनलाई उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया