आज तीन संसदीय समितिको बैठक बस्दै
नेपालखोज
२०८१ चैत ११ गते ८:०१

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।
यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे बस्ने बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
त्यस्तै, दिउँसो ३ बजेका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठकमा हुलाकी, बिपी र अरनिको राजमार्गलगायत राष्ट्रिय राजमार्गको वर्तमान अवस्थाबारे छलफल गर्ने कार्यसूची रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया