व्यक्तिलाई संस्था मानेर हिँड्नु हुन्न : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै एक व्यक्तिलाई संस्था मानेर हिँड्ने प्रवृति सामन्ती सोच भएको बताएका छन् ।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसको अवसरमा कांग्रेस नेत्री सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानो बुवा’ (आत्मकथा)को आज लोकार्पण गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले कुनैजना व्यक्ति वा उसको खान्दानलाई संस्था मानेर हिँड्नु पछौटेपन सोच भएको उल्लेख गरे ।प्रधानमन्त्री ओलीले सबैका विचार फरक भए पनि देश बनाउने साझा गन्र्तव्य एउटै हुनुपर्नेमा जोड दिए ।
समारोहमा कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालासँग आफ्नो उतारचडावको सम्बन्ध रहेको स्मरण गर्दै उनलाई सर्वप्रथम २०२५ सालमा नख्खु जेलमा भेट भएको बताए ।
कांग्रेसका नेता डा शेखर कोइरालाले माओवादीको जनयुद्धपछि देशलाई शान्ति प्रक्रियामा ल्याउनका लागि पूर्वप्रधानमन्त्री गिरिजाप्रसादले पु¥याउनुभएको योदानको चर्चा गरे ।
कांग्रेसका सहमहामन्त्री तथा सांसद भीष्मराज आङदम्बेले कांग्रेस पार्टीभित्र देखिएका गुठ–उपगुठ अन्त्य गर्नुपर्नेमा जोड दिए । कांग्रेसका नेता डा शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइरालाले मुलुक र जनताका निम्ति गरेका त्याग, बलिदान र सङ्घर्षका विषयमा स्मरण गराउँदै त्यसबाट नयाँ पुस्ताले धेरै कुरा सिक्नुपर्ने धारणा व्यक्त गरे ।
नेत्री सुजाता कोइरालाले लामो मेहनत र अनुसन्धानबाट ‘म र मेरो सानो बुवा’ (आत्मकथा)को जन्म भएको बताइन् । उनले आत्मकथामा आफ्नो पारिवारिक र मुलुकको राजनीतिका धेरै विषय समेटिएको जानकारी दिइन् ।
प्रतिक्रिया