मंगलबार, वैशाख ९, २०८२

सहमति नजुट्दा मधेस प्रदेशसभाको बैठक अनिश्चित

नेपालखोज २०८१ चैत ११ गते १९:४४

जनकपुरधाम । दलहरूबीच सहमति नमिल्दा मधेस प्रदेशसभा बैठक अनिश्चित भएको छ । प्रदेशसभाको गतिरोध अन्त्य गराउन आज बिहान बसेको दलहरूबीचको बैठकमा सहमति नभएपछि आजका लागि बोलाइएको बैठकसमेत स्थगित भएको जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले बताए । प्रदेशसभाको गत आइतबारको बैठकमा विभिन्न विषयमा छानबिनको माग गर्दै विपक्षी दलले अवरोध गरेका थिए ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको संयुक्त बैठकमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने विपक्षी दलहरूले अडान राखेपछि सहमति जुट्न नसकेको जनमत पार्टीका संसदीय दलका नेता यादवले जानकारी दिए ।

मधेस प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाले एक सूचना जारी गर्दै आज बिहान ११ बजे बस्ने भनिएको बैठक अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरिएको बताए । रासस

प्रतिक्रिया