मंगलबार, वैशाख ९, २०८२

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

नेपालखोज २०८१ चैत १३ गते १६:०९


काठमाडौं । काठमाडौं महानगरपालिका–११ थापाथली चेस पार्क नजिकबाट लागूऔषध गाँजा जस्तो देखिने पदार्थ २ किलोग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं थापाथली बस्ने महोत्तरी भँगाहा नगरपालिका घर भएका ५८ वर्षीय बिन्दे यादव, काठमाडौं न्यूरोड बस्ने कैलाली गोदावरी नगरपालिका-१ घर भएका २१ वर्षीय उज्जल महरा र काठमाडौं कालिमाटी बस्ने ३५ वर्षीय रोशन महर्जन रहेका छन् । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ घर भएका २५ वर्षीय निकेश सापकोटा, काठमाडौं बागेश्वरी बस्ने गोरखा पालुङटार नगरपालिका–१ घर भएका २० वर्षीय विश्वास श्रेष्ठ र धादिङ ज्वालामूखी गाउँपालिका-३ घर भएका २८ वर्षीय आयुष अर्याल रहेका छन् । प्रहरी बिट गागलफेदीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका-१४ सब्जीमण्डी नजिकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३२० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१७ भैसाही बस्ने ३० वर्षीय सुदिप पाण्डेलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ३० मिलिग्राम सहित पथरी शनिश्चरे नगरपालिका–१० बस्ने ३२ वर्षीय प्रेम बहादुर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ हो ।

यसैगरी मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित उर्लाबारी नगरपालिका-२ बस्ने ३१ वर्षीय संदिप कडुवाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाह ४ नम्बर चोकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २०० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका-४ खैरेनी बस्ने २१ वर्षीय सुनिल बिक र १९ वर्षीय प्रेम बहादुर बिक रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतको बलेगाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–१२ फुरसलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ९७ ट्याब्लेट, स्पास्पेन ७ ट्याब्लेट, १ थान मोबाइल र नगद ९ हजार ५५० रूपैयाँसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ बस्ने २२ वर्षीय पासाङ तामाङ र २४ वर्षीय सुमन राई रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले इटहरीबाट भेडेटारतर्फ जाँदै गरेको को.३८ प ५८५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया