सोमबार, वैशाख ८, २०८२

बर्खास्तीमा परेका कुलमान र हितेन्द्रको रिट हेर्न नमिल्नेमा

नेपालखोज २०८१ चैत १६ गते १२:२५

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्तीमा परेका कुलमान घिसिङको रिट हेर्न नमिल्नेमा परेको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारङ्गा सुवेदीको संयुक्त इजलासमा आइतबार पेशी चढे पनि कुलमानकाे रिट हेर्न नमिल्नेमा परेको हो ।

कुलमानसँगै प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यको निवेदन पनि हेर्न नमिल्नेमा परेको छ । शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

प्रतिक्रिया