सोमबार, वैशाख ८, २०८२

राष्ट्रियसभा बैठक पनि स्थगित

नेपालखोज २०८१ चैत १६ गते १९:१६

काठमाडौं । राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ । सोमबार बिहान ११ः१५ मा बस्नेगरी आजको बैठक स्थगित भएको सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी जानकारी दिएको छ ।

आज बिहान ११ः१५ मिनेटमा बस्नेगरी निर्धारित बैठक तीन पटक सरेको थियो । प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकलाई हटाउने निर्णय सम्बन्धमा प्रधानमन्त्रीबाट सदनमा जानकारी गराउनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया