आइतबार, वैशाख ७, २०८२

इरानमा बस पल्टिँदा १४ जनाको मृत्यु, ४६ जना घाइते

नेपालखोज २०८१ चैत १७ गते २२:१०

तेहरान । इरानको दक्षिणपूर्वी प्रान्त केरमानमा आइतबार एक अन्तरशहर सडकमा बस पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएको सरकारी समाचार एजेन्सी इर्नाले जनाएको छ ।

प्रान्तीय राजधानी केरमानबाट राभर काउन्टी जाने बाटोमा स्थानीय समय अनुसार साँझ ५ः१७ बजे यो घटना भएको इरनाले प्रान्तको आपतकालीन चिकित्सा सेवा केन्द्रका प्रमुख मोहम्मद साबेरीले बताए ।

घाइते सबैलाई अस्पताल लगिएकोमा पाँच जनाको अवस्था गम्भीर रहेको उनले भने । उनले घटनाको कारण केही घण्टामै थाहा हुने जानकारी दिए ।

प्रतिक्रिया