समयसीमा नजिकिँदै जाँदा भन्सार शुल्कमा ‘दयालु’ हुने ट्रम्पको भनाइ

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार विश्वभर अशान्ति निम्त्याउने जोखिम उठाउँदै आफूले भनेका अनुचित व्यापार असन्तुलनहरूलाई सम्बोधन गर्न यस हप्ता थप करहरू घोषणा गर्दा व्यापारिक साझेदारहरूप्रति ‘धेरै दयालु’ हुने बताएका छन् ।
जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति शक्तिको अभूतपूर्व प्रयोग गर्दै आएका ट्रम्पले मङ्गलबार राति नै ठ्याक्कै कस्ता ‘पारस्परिक भन्सार शुल्क’ लगाइनेछ भनेर घोषणा गर्नसक्ने बताए ।
रिपब्लिकन अर्बपति ट्रम्पले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई ‘विश्वका हरेक देशले लुटेका’ ले पारस्परिक कार्य आवश्यक रहेको कुरामा जोड दिए छ र संयुक्त राज्य अमेरिकाका लागि ‘मुक्ति दिवस’ को प्रतिज्ञा गरिहेका छन् ।
तर उहाँले सोमबार पत्रकारहरूलाई भने, ‘हामी धेरै राम्रो हुनेछौँ, तुलनात्मक रूपमा हामी धेरै दयालु हुनेछौँ ।’
आलोचकहरूले यो रणनीतिले विश्वव्यापी व्यापार युद्धको जोखिम उठाउने, चीन, क्यानाडा र युरोपेली सङ्घ (इयु) जस्ता प्रमुख व्यापारिक साझेदारहरूको प्रतिशोधको शृङ्खला प्रतिक्रिया उत्पन्न गर्ने चेतावनी दिएका छन् ।
यसअघि नै चीन दक्षिण कोरिया र जापानले आपसमा स्वतन्त्र व्यापारलाई बलियो बनाउन सहमति जनाएका छन् ।
तर ट्रम्पले टिकटकमा सम्झौता पनि चिनियाँ करसँग जोडिएको हुनसक्छ भन्दै उहाँको कार्यले सहयोगीहरूलाई बेइजिङतर्फ धकेल्नेछ भनेर चिन्तित नभएको बताए ।
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले बुधबार ‘देशमा आधारित कर’ घोषणा गर्ने लक्ष्य रहेको बताउनुभयो । यद्यपि ट्रम्प छुट्टै, क्षेत्र–विशिष्ट करहरू लगाउन प्रतिबद्ध छन् ।
अनिश्चितताले प्रमुख युरोपेली र एसियाली सूचकाङ्कहरू कममा बन्द भएको बजारलाई झट्का दिएको छ, यद्यपि डाउ र व्यापक–आधारित एस एन्ड पी ५०० ले लाभ कमाएका छन् ।
आइतबार ट्रम्पले आफ्नो करहरूमा ‘सबै देश’ समावेश हुने बताउनुभएपछि बजार ‘नर्भसनेस’ तीव्र भएको थियो ।
वाल स्ट्रिट जर्नलले सल्लाहकारहरूले लगभग सबै अमेरिकी व्यापारिक साझेदारलाई असर गर्न २० प्रतिशतसम्म विश्वव्यापी कर लगाउने विचार गरेको बताएको छ । आफ्नो कर अमेरिकी उत्पादनहरूमाथि पहिले नै लगाइएका करहरूभन्दा ‘धेरै उदार’ हुने भन्दै ट्रम्प अस्पष्ट रहेका छन् ।
प्रतिक्रिया