सोमबार, वैशाख ८, २०८२

भाटभटेनी रक्सी चोरीमा मुछिएका राई अमेरिकाबाट पिएचडि

नेपालखोज २०८१ चैत २० गते १४:०५

काठमाडाैं । भाट भटेनीमा राजावादी आन्दोलनका दिन चैत १५ गते रक्सी चोरी गरेको आरोपमा पक्राउ परेका डा. राजकुमार राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हाल कुनै पनि समितिमा नरहेको बताईएको छ।

यसअघि उनले रास्वपाको जिल्ला सभापतिका लागि उम्मेदवारी दिए पनि पराजित भएका थिए । त्यसपछि उनी रास्वपामा निस्कृय भए पनि उनको पार्टी सदस्यता कायमै रहेको बताईन्छ । यस बिच नै उनि राजावादी आन्दोलनमा लागेको र चैत १५ गतेका दिन भाट भटेनीमा रक्सी चोरी गरेपछि प्रहरीको फन्दामा परेको बताईएको छ ।

राई रास्वपाको निर्वाचन क्षेत्र समिति खोटाङका पूर्व सभापति हुन । सिसी टिभीमा उनको चर्तीकला देखिएपछि राई पक्राउ परेका हुन ।

अमेरिकाबाट पिएचडी गरेका राई सिसिआरसी कलेजका निर्देशकसमेत रहेको बताइएको छ ।

पहिलो पटक उनलाई ५ दिन र दोस्रो पटक ६ दिनको समय लिएर थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट अनुमति पाएको छ।

प्रतिक्रिया