नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सहित पाँच जना निलम्बित
नेपालखोज
२०८१ चैत २० गते १५:२१

काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था (आइएफआरसी)ले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ।
आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेपालसहित विनोदकुमार बस्नेत, मनोजकुमार थापा, भूपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको बताएको छ ।
उनीहरूमाथि रेडक्रसको आधारभूत सिद्धान्तहरूको उल्लंघन गरेको, विधानको परिपालना नगरेको आरोप लगाइएको छ।
त्यस्तै उनिहरुले संस्थामा राजनीतिक हस्तक्षेप निम्त्याएको आरोप पनि उनीहरूमाथि छ । गएको कात्तिकमा नेपाली कांग्रेस , माओवादी तथा नेकपा समाजबादिले नेपाल रेडक्रस सोसाइटीमा दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरेका थिए।
सम्बन्धित
प्रतिक्रिया