सोमबार, वैशाख ८, २०८२

चन्द्रनगरमा दलित र गैरदलितको सहभागितामा ‘महायज्ञ’

नेपालखोज २०८१ चैत २२ गते २२:००

बरहथवा । सिराहाको औरही गाउँपालिका–५, मा महायज्ञको नाममा जातीय विभेद गरेको घटनाको सेलाएको छैन । त्यसविपरीत सर्लाहीमा भने विभिन्न नाममा हुने विभेदका घटनालाई चुनौती दुवै समुदाय मिलेर महायज्ञ आयोजना गरिएको छ ।

जिल्लाको चन्द्रनगर गाउँपालिका–२, बबरगन्जमा दलित र गैरदलित समुदायका अगुवाहरूको नेतृत्वमा विश्वकल्याणको कामनासहित यही चैत २० गतेबाट नवाह महायज्ञ सञ्चालन भइरहेको छ ।

बबरगन्जस्थित सवरी कुटी हनुमान मन्दिर परिसरमा सामूहिक रूपमा महायज्ञको आयोजना गरिएको वडाध्यक्ष शम्भु साह तेलीले जानकारी दिए । महायज्ञमा दलित समुदायलाई प्रतिनिधित्व गर्ने गुरुद्वय रामचन्द्र दास र बिसुनी दासले कथावाचन गरिरहेका छन् ।

महायज्ञ नौ दिनसम्म सञ्चालन हुने आयोजक समितिका संयोजक मनोज दासले जानकारी दिए । कथाश्रवणका लागि नजिकैका गाउँबाट सबै समुदायका सयौँ स्थानीय दैनिकजसो सहभागी भइरहेका उनले बताए । रासस

प्रतिक्रिया