मंगलबार, वैशाख ९, २०८२

यस्ता लक्षण मुटु रोगका हुन सक्छन्

नेपालखोज २०७७ भदौ २३ गते ५:२५

१. मानसिक तनाव हुँदा वा शारीरिक परिश्रम गर्दा छातीको बीच भागमा वा मुटु दुखेमा ।

२. शारीरिक परिश्रम गर्दा दम बढ्छ र आराम गरेपछि कम हुन्छ भने ।

३. दम–खोकी भएका रोगीको खुट्टा सुन्नियो भने ।

४. घाँटीबाहिर दायाँ वा बायाँतर्फ रक्तनली फुलेको छ भने मुटुभित्रको चाप बढ्यो भने ।

५. औँलाका टुप्पा, ओठ र जिब्रो नीलो देखियो भने ।

६. औँलाका टुप्पा बाक्ला र चाक्ला भएमा, नङको जरा मासुबाट बाहिर निस्किई छालामुनि आएर बसेमा ।

७. एक मिनेटमा ६० देखि एक सयपटक धड्किनुपर्ने मुटु प्रतिमिनेट ४५ पटकभन्दा कम धड्किन पुग्यो भने ।

८. कतिपय रोगीले मुटु चल्दाचल्दै ढ्याक्क केहीबेर रोकिएको अनुभव गर्छन् भने कतिपयले मुटु छिटोछिटो दौडिएको अनुभव पनि गर्छन् ।

९. कफमा रगत देखापर्‍यो, एक्स–रे गरेर हेर्दा टिबी वा क्यान्सर देखिएन भने ।

१०. अनायास हात, खुट्टा, औँला, मुख, ओठ झड्का दिँदै चलाइरहन्छ र यो चलाइ उसको नियन्त्रणभन्दा बाहिर रहेको देखिन्छ भने ।

प्रतिक्रिया