बलिउड अभिनेत्री मलाइका अरोरालाई पनि कोरोना संक्रमण
नेपालखोज
२०७७ भदौ २३ गते ८:४६
एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोरामा कोरोना संक्रमण पुष्टि भएको छ । उनका प्रेमी अर्जुन कपुरलाई आइतबार कोरोना भाइरसको संक्रमण देखिए लगत्तै मलाइकामा पनि संक्रमण देखिएको छ ।
हाल उनी होम आइसोलेसनमा छन्। उनले आफूलाई कोरोना संक्रमण पोजेटिभ देखिए पनि कुनै लक्षण भने नदेखिएको बताएकी छिन् । हालै मात्र मलाइकाले निर्णायकको भूमिका निर्वाह गरेको कार्यक्रम ‘इन्डियाज बेस्ट डान्सर’मा आवद्ध सदस्यमा कोरोना देखिएपछि त्यसको सुटिङ बन्द छ।
मलाइका अरोरा बलिउड अभिनेता अर्बाज खानकी पूर्व पत्नी हुन् । १९ वर्षपछि अर्बाज र मलाइकाको डिभोर्स भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया