आइतबार, वैशाख ७, २०८२

शिक्षकका माग सम्बोधन गर्न जसपाको माग

नेपालखोज २०८१ चैत २४ गते २०:५०

ललितपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शिक्षा क्षेत्रमा देखिएको विकृति, विसङ्गति र अन्योलता अन्त्य गर्न सरकारलाई आग्रह गरेका छन् ।

अध्यक्ष यादवले आज एक विज्ञप्ति जारी गर्दै मुलुकको विकास, परिवर्तन र भविष्यको आधार शिक्षा भएको स्पष्ट पारेका हुन्छ ।

विगत केही दिनदेखि आफ्ना न्यायोचित मागसहित आन्दोलनरत शिक्षकहरूको पक्षमा उभिँदै अध्यक्ष यादवले सरकारलाई तत्काल वार्ता गरी समस्या समाधान गर्न सुझाव दिएका छन् । साथै शिक्षासम्बन्धी नीति, योजना, ऐन, कानुन र कार्यक्रमरूको समीक्षा गरी सुधार गर्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष यादवले सबै नागरिकलाई समान गुणस्तरीय शिक्षा प्रत्याभूत गर्ने नीति अवलम्बन गर्न सरकारलाई आह्वान गर्दै शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउनुपर्ने बताए । रासस

प्रतिक्रिया