आइतबार, वैशाख ७, २०८२

‘प्याकेज’का साथ कर छुटको अपेक्षा गरेको जापानी प्रधानमन्त्रीको भनाइ

नेपालखोज २०८१ चैत २४ गते २०:३३

टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले जापानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी करबाट राहत पाउनका लागि आवश्यक ‘प्याकेज’ उपलब्ध गराउने र कर छुटको प्रस्ताव गर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग २० मिनेट लामो कुराकानी भएको हुनसक्ने अनुमानहरू जापानी सञ्चारमाध्यमबाट आएका छन् ।

जापानी कम्पनीहरू संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूलो विदेशी लगानीकर्ताहरूमध्ये एक हुन् तर ट्रम्पले गत हप्ता विश्वव्यापी ‘पारस्परिक’ करको एक भागको रूपमा नजिकको अमेरिकी सहयोगीबाट आयातमा २४ प्रतिशत भारी कर लगाउने निर्णय सार्वजनिक गरेका छन् ।

सरकारी प्रसारक एनएचके र अन्य जापानी सञ्चारमाध्यमले सोमबार साँझ इशिबा र ट्रम्पबीच फोनबाट कुराकानी भएको अनुमान गरिएको तर यसको तत्काल पुष्टि कुनै पनि नेताले नगरेका जनाएका छन् ।

इशिबाले सोमबार संसद्मा भन्नुभयो, “हामीलाई विश्वास छ कि हामीले प्याकेजमा सहमति गर्नुपर्छ टुक्रा–टुक्रा गरेर सहमति गर्नु सम्भव छैन । उनले अलास्कामा प्राकृतिक ग्यास पाइपलाइन परियोजनामा जापानको संलग्नता पनि समावेश हुन सक्ने बताए । रासस/एएफपी

प्रतिक्रिया