सोमबार, वैशाख ८, २०८२

तीनकुने घटनामा संलग्न थप ६ जना पक्राउ

नेपालखोज २०८१ चैत २५ गते १२:३५

काठमाडौं । तीनकुनेमा भएको अराजक गतिविधिमा संलग्न रहेको आरोपमा थप ६ जना पक्राउ परेका छन् ।

सर्लाहीको कबिलासी ६ घर भई हाल ललितपुरको टिकाथली बस्ने २२ वर्षका अमित शाह, सुनसरीको धरान घर भई हाल काठमाडौँ ३१ बस्ने २७ वर्षका दिवश बोगटी क्षेत्री, काभ्रेको नमोबुद्धकी ऐनी भन्ने ३० वर्षकी अनिता कुँवर र सिन्धुपाल्चोकको बाह्रबिसे ९ का ३० वर्षका कुमार तामाङ पक्राउ परेका हुन् ।

उनीहरु आगजनी तथा तोडफोडमासमेत संलग्न रहेको प्रहरीको आरोप छ । सीसीटीभी फुटेज तथा अन्य भिडिओमा त्यसदिन उनीहरुले गरेका आपराधि गतिविधिका आधारमा पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएकाे छ ।

सोमबार थप ६ जनालाई अदालतबाट म्याद लिएर हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

यही चैत १५ गते दुर्गा प्रसाईं नेतृत्वमा रहेका राजावादी समर्थक तथा राप्रपाका कार्यकर्तालाई प्रहरीले हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरिरहेको छ ।

प्रतिक्रिया