सोमबार, वैशाख ८, २०८२

कटुवा पेस्तोल तथा लागूऔषध गाँजासहित एक जना पक्राउ

नेपालखोज २०८१ चैत २५ गते १३:१७

रौतहट । ईशनाथ नगरपालिका-१ बन्जरहा झुलुङगे पुलबाट कटुवा पेस्तोल १ थान, गोली ३ राउण्ड र लागूऔषध गाँजा करिब ८० किलोग्राम सहित गौर नगरपालिका-४ टिकुलिया बस्ने २१ वर्षीय सावन गिरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया