आइतबार, वैशाख ७, २०८२

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

नेपालखोज २०८१ चैत २५ गते १३:४१

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका-४ शिवपुरीटोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २९ वर्षीया रेश्मी कार्की, २४ वर्षीया किरण मगर र डोटी दिपायल सिलगढी नगरपालिका-६ बस्ने १९ वर्षीय सुजन खड्का रहेका छन् । अस्थायी प्रहरी पोष्ट शिवपुरीधामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको भजनी नगरपालिका–८ जनकपुरस्थित सडकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय अमित चौधेरी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित एनएस होटलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ६० मिलिग्रामसहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कञ्चनपुर बेदकोट नगरपालिका-८ बस्ने २० वर्षीय सुरेश बिष्ट, भीमदत्त नगरपालिका-१० बस्ने २३ वर्षीय लोकेन्द्र चन्द, डोटी दिपायल सिलगढी नगरपालिका-८ बस्ने १९ वर्षीय रिजन कठायत र कैलाली धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने १८ वर्षीया किशोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उक्त होटलको १०८ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी चारै जनालाई पक्राउ गरेको हो ।

बर्दियाको बाँसगढी नगरपालिका–३ लखना बस्ने ३१ वर्षीय सुनिल थारूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४३० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले भे.७ प ६७४७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरीको कोशी गाउँपालिका-१ भन्सार गेटस्थित सडकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ७६० मिलिग्राम, नाईट्राजेपाम १० ट्याब्लेट र नगद २४ हजार ७५० रूपैयाँ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका–१० बस्ने ३१ वर्षीय तेज बहादुर तामाङ र सोही गाउँपालिका-७ बस्ने २७ वर्षीया फुलमाया लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–०५७ प २८४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको कोशी गाउँपालिका-१ भन्सार गेटस्थित सडकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ थानाभ¥याङ बस्ने ३२ वर्षीय राजेश लामा र २१ वर्षीय समिर क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ रंगशाला नजिकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-१३ घर भएका २० वर्षीय तेजेन्द्र खत्रीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएका प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापाको गौरादह नगरपालिका–४ मैदान घोपा बस्ने २३ वर्षीय उमेश गिरीलाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ खरिद गर्ने कार्यमा संलग्न गौरादह नगरपालिका-२ राधाकृष्ण टोल बस्ने २४ वर्षीय मनोज भारतीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

बाराको निजगढ नगरपालिका–७ भमरापुलबाट नियन्त्रित लागूऔषध नोर्फिन ३० एम्पुल, फेनारगन ३० एम्पुल, डाईजेपाम ३० एम्पुल, स्पास्मो १० ट्याब्लेट, ट्रामाडोल १० ट्याब्लेट र नाईट्राजेपाम १० एम्पुल सहित सोही नगरपालिका-६ भमरा टोल बस्ने ३० वर्षीय अमृत राउत समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया