आइतबार, वैशाख ७, २०८२

परराष्ट्रका सहसचिवहरुको सरुवा, कन्सुलर महानिर्देशक बन्ने पहिलो महिला बनिन् द्रुपदा सापकोटा

नेपालखोज २०८१ चैत २५ गते २०:२५

काठमाडौं । द्रुपदा सापकोटालाई कन्सुलर विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । परराष्ट्रमन्त्रालयले एक दर्जन सहसचिवहरुको सरुवा गर्दै द्रुपदा सापकोटालाई कन्सुलर विभागको महानिर्देशकको जिम्मेवारी दिएकाे हाे ।

याे जिम्मेवारीसँगै कन्सुलरको महानिर्देशक बन्ने उनी पहिलो महिला बनेकी छन् । उनले दिल्ली दूतावासमा पोलिटिकल काउन्सिलरका रुपमा कार्यरत थिइन् भने उनले त्यसअघि मलेसिया र अष्ट्रेलियामा रहेको नेपाली दूतावासमा कार्यवाहक राजदूत भएर काम गरिसकेकी छन् ।

साथै, मन्त्रालयले सहसचिवहरु पारस पण्डित, हरि ओडारी, ज्ञानबहादुर मगर, दधी भण्डारी, लक्ष्मण खनाल, सुरेन्द्र यादव र सुरेश अधिकारीहरुको सरुवा गरेको हो । सरुवा हुनेमा अधिकांशलाई महावाणिज्यदूतको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया