संरक्षण क्षेत्रका १४३ जनालाई क्षतिपूर्ति रकम
नेपालखोज
२०८१ चैत २६ गते ९:५१

दार्चुला । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले संरक्षण क्षेत्रमा वन्यजन्तुबाट भएको क्षतिबापत १४३ जनालाई रकम वितरण गर्ने भएको छ ।
संरक्षण क्षेत्रका नागरिकलाई वन्यजन्तुबाट भएको पशुधन, अन्नबाली र मानवीय क्षतिको परिपूर्तिस्वरुप रकम प्रदान गरिने उक्त कार्यालयका सूचना अधिकारी मनोज अवस्थीले बताए ।
चालु आर्थिक वर्षमा हालसम्म १०५ जनालाई क्षतिबापतको रकम वितरण गरिएको तथा अन्य ३८ जनालाई रकम दिन सिफारिस गरिएको उनले जानकारी दिए । उक्त कार्यालयले गत आवमा १४२ जनालाई १५ लाख क्षतिपूर्ति दिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया