आइतबार, वैशाख ७, २०८२

नेपाल उद्योग परिसंघबाट म्यानमार भूकम्प प्रभावितलाई राहत उपलब्ध

नेपालखोज २०८१ चैत २६ गते २२:०२

काठमाण्डौं । नेपाल उद्योग परिसंघले हालै म्यानमारमा गएको विनाशकारी भूकम्पबाट प्रभावितहरुलाई राहत सामाग्री उपलब्ध गराएको छ । परिसंघले उक्त सामाग्री नेपाल सरकारमार्फत म्यानमारलाई उपलब्ध गराएको हो ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मंगलबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई ती राहत सामाग्री हस्तान्तरण गरे । परिसंघले चामल, दाल, चिउरा, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामाग्रीहरु उपलब्ध गराएको हो ।

सो अवसरमा परराष्ट्र सचिव अमृत बहादुर राई, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालयका उच्च अधिकारीहरू, परिसंघका महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागि रहेका थिए ।

प्रतिक्रिया