आइतबार, वैशाख ७, २०८२

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस दुर्घटना : एकको अवस्था गम्भीर

नेपालखोज २०८१ चैत २७ गते १०:५५

काठमाडौं । काठमाडौंबाट उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस काभ्रेको रोशीमा दुर्घटना भएको छ । दुर्घटना परी घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ ।

बिहीबार बिहान साढे ८ बजेतिर प्रदेश ३-०१-००६ ख १३३९ नम्बरको बस रोशी गाउँपालिका-९ दाउन्नेस्थित बीपी राजमार्गमा सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको प्रहरीले जनाएको छ ।

सबै प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

बस चिप्लिएर खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे१ख ३३९४ नं को हाइस पनि ठोक्किएको थियो । हाइसका यात्रु भने सकुशल छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया