शनिबार, वैशाख ६, २०८२

ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

नेपालखोज २०८१ चैत २८ गते १०:४४

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा ग.१६ प २०७५ नम्बरको स्कुटरलाई ना.५ ख ६२२२ नम्बरको ट्रकले बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार सोही महानगरपालिका-१४ चाउथे बस्ने ५३ वर्षीय शिवराज कँडेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया