सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख ८५ हजार पुग्यो
नेपालखोज
२०८१ चैत २८ गते ११:५०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ ।
छापावाल सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेर १ लाख ८५ हजार रुपैयाँ पुगेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १०० रुपैयाँ कायम थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ९०० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९०५ रुपैयाँ पुगेको हो ।
सम्बन्धित
प्रतिक्रिया