विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित

सङ्खुवासभा । विश्वको पाँचौँ अल्लो मकालु शिखर मकालु हिमाल आरोहण गर्ने कान्छी आरोही सम्मानित भएकी छन् । सङ्खुवासभाको मकालु गाउँपालिका-२ नूर्व गाउँकी २८ वर्षीया किप्पा लामु शेर्पालाई आज सम्मान गरिएको हो ।
सदरमुकाम खाँदबारीमा एक कार्यक्रमकाबीच मकालु-२ नूर्व गाउँकी किप्पा शेर्पालाई मकालु गाउँपालिका*२ ले सम्मान गरेको मकालु-२ का वडाध्यक्ष छोपाल शेर्पाले बताइन् । शेर्पाले आठ हजार ४८५ मिटर उचाइको विश्वको पाँचौँ अग्लो मकालु हिमाल अप्रिल १० अर्थात् चैत २८ गते १० बजेर १० मिनेटमा सफ आरोहण गरेकी थिइन् ।
शर्पामाले मकालु हिमालको बाटो बनाउने क्रममा नौ जनाको टोलीसहित सफल आरोहण गर्नुभएको थियो । विसं २०५३ माघ १५ गते नूर्व गाउँमा जन्मेकी शेर्पाको श्रीमान् र चार दाजुभाइसमेत आरोही हुन् । उनहरूको विश्वको सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमाल सफल रूपमा आरोहण गरिसकेको कारण आपलाई प्रेरणा मिलेको बताइन् ।
एक वर्षअघि ४५ दिन मकालु आधार शिविरमा बसेको अनुभव सगालेपछि यो पटक मकालु आरोहण गर्न सफल भएको शेर्पाले बताइन् । शेर्पाको मकालु हिमाल आरोहण खर्चको व्यवस्थापन सेभेन सवमिट टेक्सले गरेको छ । मकालु गाउँपालिकामा दुई दर्जन बढी आरोही रहेका छन् ।
प्रतिक्रिया