शनिबार, वैशाख ६, २०८२

बजेट अभावले आधारभूत अस्पताल अधुरै

नेपालखोज २०८२ वैशाख ३ गते ८:५४

बाग्लुङ । बागलुङको निसीखोलामा निमार्णाधीन पालिकास्तरीय आधारभूत अस्पतला अधुरै रहेको छ । गत वर्ष पुस महिनामा सम्पन्न हुनुपर्ने अस्पताल बजेट अभावका कारण अधुरै रहेको हो ।

निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० शैय्याको आधारभूत अस्पताल निर्माणका लागि लागि २०७८ माघमा सम्झौता भएर काम शुरू भएको थियो । आठ करोड २४ लाखमा निर्माण शुरू भएको अस्पताल २०८० पुस महिनामा सम्पन्न गर्नेगरी निर्माण शुरू भएको थियो ।

तर हालसम्म ९० प्रतिशत मात्रै काम सकिएको हिन्दुङ आइएसरएसी जेबीका प्रमुख दीपककुमार अदैले जानकारी दिए । पालिकाले बजेट विनियोजन गरे दुई महिनामै काम सम्पन्न गर्ने सक्ने उनको भनाइ छ । विसं २०८० भदौमा बुझाएको एक करोड १० लाखको बिलको भुक्तानी अझै हुन नसकेको उनले बताए ।

पालिकाबाट भुक्तान गर्न बाँकी रहेको एक करोड १० लाखसहित थप ६० लाख व्यवस्थापन गर्न सके काम गर्न समस्या नहुने उनी बताउँछन् । लामो समयसम्म काम गरेको भुक्तानी नपाउँदा समस्या परेको प्रमुख अदैले बताए। पालिकाले बजेट व्यवस्थापन गरेको भए अघिल्लो वर्ष नै अस्पताल सम्पन्न भई सक्ने उहाँको भनाइ छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले सङ्घीय सरकारले बजेट नपठाउँदा अस्पताल अधुरै रहेको बताउनुभयो । गाउँपालिकाको आन्तरिक स्रोत कम हुने हुँदा अस्पतालमा बजेट विनियोजन गर्न नसक्ने उनको भनाइ छ । आवश्यक बजेट व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरेको अध्यक्ष घर्ती मगर बताउँछन् ।

प्रतिक्रिया