शनिबार, वैशाख ६, २०८२

पाँचखालका इँटा उद्योग बन्द गर्न सर्वोच्चको आदेश

नेपालखोज २०८२ वैशाख ३ गते ९:३७

काभ्रे । सर्वोच्च अदालतले काभ्रेको पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ ।

अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै इँटाभट्टा बन्द गर्न आदेश दिएको हो । हाल पाँचखालमा आठवटा इँटाभट्टा सञ्चालनमा छन् ।

स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसैबीच, पाँचखाल नगरले वातावरण नीति निर्माण गर्दै इँटाभट्टालगायत उद्योगलाई सुधारात्मक ढङ्गले अघि बढाउने नीति अवलम्बन गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया