सवारी दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका-३ चापेपिपलबोटस्थित सडकमा बा.प्र.०१-००४ क १८४५ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने शक्ति परियारकी छोरी ४ वर्षीया आरिका परियारको मंगलबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका-१५ स्थितमा सडकमा प्र.१-०२-००३ त ७०२ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने भारत घर भएका ऐनुल मियाको छोरा ३ वर्षीय माहिर मियाको मंगलबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिराहाको धनगढीमाई नगरपालिका-१० स्थित सडकमा ना.२० प ५९७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक धनुषा बटेश्वर गाउँपालिका-२ बस्ने २४ वर्षीय नकुल सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको छिनमस्ता अस्पताल सप्तरीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया