शनिबार, वैशाख ६, २०८२

दलबीचको सहकार्यबाटै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिन्छ : अध्यक्ष भट्टराई

नेपालखोज २०८२ वैशाख ३ गते १३:१९

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले दलहरुबीचको सहकार्यबाटै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने बताएका छन्

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले एकले अर्कालाई निषेध गर्नुभन्दा सहकार्य गरि अघि बढ्न सके सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने बताए । राजनीतिक बाङ्गोटिङ्गो हुदै अघि बढ्ने प्रक्रिया भएपनि लोकतन्त्र नै प्रमुख कुरा भएको उनले बताए ।

भट्टराईले अहिले बिभिन्न ढंगले प्रतिगामी सल्वलाउदै बिभाजन ल्याउन खोजेको भन्दै सजक हुनुपर्नेमा जोड दिए । उनले अहिलेको जटिल भूराजनीतिक अवस्थामा सङ्कीर्ण गुटगत र दलगत चिन्तनभन्दा माथि उठेर राष्ट्रिय हितलाई माथि राखेर लोकतान्त्रीक मूल्यमान्यतामा दृढ रहेर सहकार्य गर्दै अघि बढ्न आह्वान समेत गरे

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएसकेपछि कांग्रेस र कम्युनिष्ट रुखका दुईवटा हाँगा हुन् भन्ने आफ्नो मान्यता रहेको बताए ।

प्रतिक्रिया