शनिबार, वैशाख ६, २०८२

सेयर बजारको उकालो यात्रा कायमै, सात अंकले बढ्दा सात अर्ब २६ करोडको कारोबार

नेपालखोज २०८२ वैशाख ३ गते १५:४५

काठमाडौं । सेयर बजारको उकालो यात्राले साताको चौंथो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २७ अंकले उकालो लागेको नेप्से परिसुचक आज पुन सात दशमलव एक अंकले बढेर २६ सय ९६ दशमलव २३ अंकमा पुगेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३० अंकले बढेर चार सय ५१ दशमलव ८२ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय २९ वटा कम्पनीहरुको ६४ हजार तीन सय ६० पटकको कारोबारमा एक करोड ६६ लाख ११ हजार पाँच सय ३२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब २६ करोड ५१ लाख २२ हजार दुई सय ४१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा छ वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये वाँणिज्य बैंक समूहको सूचक छ दशमलव ३१ अंकले बढेर १३ सय ६८ अंकमा पुगेकोमा बिकास बैंक समूहको सूचक पनि ५४ दशमलव २० अंकले बढेर पाँच हजार पाँच सय ९३ दशमलव ४७ अंकमा पुगेको छ ।

जलविद्युत समूहको सूचक पनि ६० दशमलव शुन्य पाँच अंकले बढेर ३५ सय ४० दशमलव ७५ अंकमा पुगेकोमा जीवन बीमा समूहको सूचक पनि १८ दशमलव ३९ अंकले बढेर १३ हजार तीन सय १५ दशमलव ८८ अंकमा पुगेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ६७ दशमलव ४६ अंकले बढेर १२ हजार चार सय ७३ दशमलव ६३ अंकमा पुगेकोमा लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि क्रमशः तीन दशमलव १४, शुन्य दशमलव शुन्य आठ र ५६ दशमलव २१ अंकले बढेका छन् ।

फाइनान्स समूहको सूचक भने १७ दशमलव ३६ अंकले घटेर २५ सय ४९ दशमलव ६६ अंकमा झरेकोमा होटल तथा पर्यटन समुहको सुचक पनि ३० दशमलव ७७ अंकले घटेर छ हजार पाँच सय ४४ दशमलव ८३ अंकमा झरेको छ ।

यसैगरी उत्पादनमुलक, लगानी र अन्य समूहको सूचक पनि क्रमशः दशमलव ९७, शुन्य दशमलव ४० र २४ दशमलव शुन्य छ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुुराँस लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने ङादी ग्रुप पावर लिमिटेड परेको छ ।

प्रतिक्रिया