शनिबार, वैशाख ६, २०८२

देशमा देखिएको प्रतिगामी षड्यन्त्र सफल हुन नदिने : अध्यक्ष दाहाल

नेपालखोज २०८२ वैशाख ६ गते १६:५७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा देखिएको प्रतिगामी षड्यन्त्र सफल हुन नदिने बताएका छन् ।

शनिबार काठमाडौंमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रचण्डले सरकारका गलत काम, क्रियाकलापको कारण प्रतिगामी तत्वले धमिलो पानीमा माछा मार्ने दुष्साहसजस्तो गरेको भन्दै त्यसलाई सफल हुन नदिने बताए ।

तत्कालिन समयमा संविधान नवन्ने देखिएपछि केहि बिषयमा सम्झौता गरिएको भन्दै उहाले अव यथास्थीतिबाद र प्रतिगामी षडयन्त्रबिरुद्ध सवै उत्पीडित बर्ग र जाति समूदाय अगाडी बढ्नुपर्ने बेला आएको धारणा राखे । प्रचण्डले अन्य दलसंग तालमेल गरेर अघि बढ्दा त्यसको परिणाम जनतामा राम्रो नभएकाले आफ्नै बलमा निर्वाचन लड्नका लागि पार्टीलाई बलियो बनाउने अभियानमा आफु रहेको बताए ।

उनले राष्ट्रिय विभूति शंखधर साख्वाको सम्मान र आदर्शलाई पछ्याउँदै गरिब किसानहरुको ३० हजारसम्मको ऋण मिनाह गर्ने निर्णय आफु प्रधानमन्त्री हुदा गरेको स्मरण गरे ।

उनले नेवार समूदायको समूदाय, भाषा, पहिचान स्थापीत नभएसम्म माओवादीले साथ नछाड्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया