सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा छ : मन्त्री यादवक

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा रहेको बताएका छन् ।
कर्णाली प्रदेशको जुम्ला जिल्ला स्थित कर्णाली प्राविधिक शिक्षालय जुम्ला तथा तातोपानी गाउँपालिका–१ मा निर्माणाधिन धौलीगाढ खानेपानी आयोजनाको अवलोकन तथा निरीक्षण पश्चात उहाँले सो कुरा बताएका हुन ।
सोही क्रममा मन्त्री यादवले कर्णाली प्रदेशका दुर्गम जिल्ला सहित जुम्लाका विद्यार्थी र जनसमुदायले वर्षौदेखि भोग्दै आएका खानेपानी लगायतका विविध समस्याहरुको आफुले समाधान गरेर छोड्ने प्रतिवद्धता व्यक्त गरे । जुम्लाको कठोर भौगोलिक बनोटकाबीच पनि यहाँका जनताको आँट, साहस र सम्भावनाले मलाई गहिरो प्रेरणा दिएको समेत मन्त्री यादवले बताए ।
जुम्ला जिल्ला स्थित हेमा गाउँपालिका–१ देवारगाउँमा आइतबार आयोजना हुने वास सम्मेलनमा सहभागिता जनाउन एवं खानेपानी क्षेत्रमा विद्यमान समस्या र त्यसका समाधानका उपायहरू पहिचान गर्नका लागि मन्त्री यादव सहित मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठ लगायतको टोली आज जुम्ला पुगेका हुन ।
प्रतिक्रिया