उपत्यकामा आन्दोलन हुँदा सर्वसाधारणलाई सास्ती
नेपालखोज
२०८२ वैशाख ७ गते १३:२९

काठमाडौं । नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका कारण काठमाडौं उपत्यकामा हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको हाे ।
कार्यालय समयमा सवारीसाधन लामो समयसम्म जाममा पर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो । राप्रपाले निषेधित क्षेत्र बिजुलीबजार पुल आसपासमा भेला हुने जनाएपछि माइतीघर, बबरमहल र नयाँबानेश्वर क्षेत्रमा सवारी आवगमनमा रोक लगाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया