सोमबार, वैशाख ८, २०८२

गायक प्रमोद खरेलको को ‘पिडा’ सार्वजनिक

नेपालखोज २०८२ वैशाख ८ गते १३:१७

काठमाडौं । नेपाली सांगीतिक बजारमा चम्किदै गरेका गायक तथा संगीतकार मनिपाल राईको संगीत तथा चर्चित गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “पिडा“ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार पासाङ तामाङको उत्कृष्ट शब्द रचनमा रहेको उक्त गीतमा संगीतकार मनिपल राई अत्यन्तै मर्मस्पर्शी संगीत रहेको छ भने गीतमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ । मुनाल सिशिर कोइरालाको निर्देशन रहेको म्युजिक भिडियो मा, बिक्रम बुडाथोकि,कुसुम शर्मा, तुलसि खड्काको अभिनय रहेको छ । भिडियोलाई काठमाडौं र भक्तपुरको बिभिन रमणीय स्थानमा छायांकन गरेका हुन । म्युजिक भिडियो सम्लिङ्गिको कथामा आधारित रहेको छ ।

भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् भने गीतको म्युजिक भिडियो लाई np musicmedia को अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ ।

भिडियो लिंक

प्रतिक्रिया