मंगलबार, वैशाख ९, २०८२

अफगानिस्तानमा पोलियो विरुद्धको राष्ट्रव्यापी खोप अभियान सुरु

नेपालखोज २०८२ वैशाख ८ गते २१:३२

काबुल । अफगान अन्तरिम सरकारका सार्वजनिक स्वास्थ्य मन्त्रालयले सोमबारदेखि मुलुकभर पोलियो विरुद्धको खोप अभियान सुरु गरेको छ ।

यो अभियान अन्तर्गत पाँच वर्ष मुनिका एक करोड १६ लाख बालबालिकालाई पोलियो खोप दिने लक्ष्य रहेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता शरीफत जमान अमर्खिलका अनुसार सोमबारदेखि बिहीबारसम्म चल्ने यो अभियान घर–घर पुगेर खोप दिने ढाँचामा सञ्चालन हुनेछ । साथै, पाँच वर्षमुनिका बालबालिकालाई ‘भिटामिन ए’ पनि दिइनेछ ।

अमर्खिलले स्थानीय समाजका अगुवा, धार्मिक विद्वान तथा आम नागरिकलाई पोलियो कार्यकर्ताहरूसँग सहकार्य गरी अभियान सफल बनाउन अनुरोध गरेका छन् ।

यस अभियानले पोलियो निर्मूल गर्न र बालबालिकाको स्वास्थ्य संरक्षण गर्न मद्दत गर्ने मन्त्रालयले विश्वास लिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया