संस्कार क्रिकेट लिग : युथ टीकापुर र नारायण क्लब फाइनलमा

कैलाली । धनगढीमा जारी टिम ११औँ संस्कारको क्रिकेट लिग प्रतियोगिताको फाइनलमा नारायण स्पोर्टस् क्लब कञ्चनपुर र युथ अफ टीकापुर कैलालीबीच प्रतिस्पर्धा हुने भएको छ ।
सोमबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल वेष्ट्रन एकेडेमी धनगढीलाई चार विकेटले पराजित गर्दै नारायण स्पोर्टस् क्लबले फाइनल यात्रा तय गरेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको नारायण क्लबले २० ओभर खेल्दै छ विकेटको क्षतिमा दुई सय १४ रन जोडेको थियो । दुई सय १५ रनको लक्ष्य पछ्याएको वेष्ट्रन एकेडेमी १७ दशमलव पाँच ओभरमा अल आउट हुँदै एक सय १९ रनमा समेटिन पुग्यो ।
सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा सायल गाउँपालिका डोटीलाई पराजित गर्दै युथ टीकापुर फाइनलमा प्रवेश गरेको छ । सायलले दिएको एक सय छ रनको लक्ष्य पछ्याएको टीकापुरले १५ दशमलव तीन ओभरमा पूरा गर्दै फाइनलका लागि स्थान पक्का गरेको हो ।
प्रतियोगिता विजेता टोलीले नगद रु एक लाख ११ हजार १११ सहित ट्रफी प्राप्त गर्नेछ । उपविजेताले रु ५५ हजार ५५५ सहित ट्रफि प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आज दिउँसो १ बजे सुरु हुनेछ । गत चैत ३० गतेदेखि सुरू भएको प्रतियोगितामा १३ टिम सहभागी छन् ।
प्रतिक्रिया