मंगलबार, वैशाख ९, २०८२

कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डकाे बैठक बस्दै

नेपालखोज २०८२ वैशाख ९ गते ८:४७

काठमाडौं । कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने भएको छ । बोर्डको बैठक अहिले केहीबेरमा बस्ने भएको हो ।

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गरेर शिक्षक आन्दोलनरत छन् । शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकले माइतीघर-बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् ।

शिक्षक माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडानमा छन् ।

प्रतिक्रिया