मंगलबार, वैशाख ९, २०८२

कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने बोर्डको निर्णय

नेपालखोज २०८२ वैशाख ९ गते १०:१९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ ।

बोर्डको मंगलबार बिहान बसेको बैठकले यही वैशाख ११ गतेदेखि तय भएको कक्षा १२ को वार्षिक परीक्षा नरोकिने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाको तयारी भइसकेकाले तोकिएकै मितिमा गर्ने निर्णय भएको जानकारी दिए ।  शिक्षकले नमाने अन्य सरकारी कर्मचारी राखेर भएपनि परीक्षा सञ्चालन गर्ने बोर्ड बैठकले निर्णय गरेको छ । 

शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत भएपछि वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा बारे अन्योल रहेको थियो ।

शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले गत चैत २० गतेदेखि सडक आन्दोलनसमेत गरिरहेका छन् । सरकार र महासंघका पदाधिकारी–प्रतिनिधबिचि पटक–पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया