करिब ३ सय २३ किलो गाँजा सहित एक जना पक्राउ
नेपालखोज
२०८२ वैशाख ९ गते १७:५५

सुनसरी । कोशी गाउँपालिका–१ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध गाँजा करिब ३ सय २३ किलो २ सय १० ग्राम र खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित भोजपुर अरुण गाउँपालिका–५ बस्ने २६ वर्षीय तेजेन्द्र कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उनले सोही ठाउँमा पार्किङ गरी राखेको प्रदेश १–०२–००२ च ५३४८ नम्बरको योद्धा गाडीलाई प्रहरीले तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया