पाकिस्तानमा सैनिक कारबाहीमा ६ आतंककारी मारिए

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा निकायहरूले सञ्चालन गरेको दुई छुट्टाछुट्टै गुप्त सूचना(आधारित सैनिक कारबाहीमा ६ जना आतंककारी मारिएका छन् ।
पाकिस्तानी सेनाको सञ्चार विभाग (आईएसपिआरमा) द्वारा सोमबार जारी गरिएको वक्तव्य अनुसार, उत्तर वजीरिस्तानको आदिवासी क्षेत्रमा पाँच जना आतंककारी मारिएका हुन्। उनीहरूको उपस्थितिको सूचनाका आधारमा कारबाही थालिएको थियो ।
त्यस्तै, छिमेकी दक्षिण वजीरिस्तान जिल्लामा भएको अर्को कारबाहीमा एक जना उच्च-प्रोफाइल आतंककारी कमान्डरलाई सुरक्षा बलहरूले मारेका छन् ।
वक्तव्यमा उल्लेख गरिएअनुसार, उक्त आतंककारी सुरक्षा निकाय र सर्वसाधारणमाथि भएका थुप्रै आक्रमणमा संलग्न थिए र कानून कार्यान्वयन निकायहरूको खोज सूचीमा रहेका थिए ।
कारबाहीपछाडि, क्षेत्रमा अझै बाँकी रहेका सम्भावित खतराहरू हटाउन ुसैनिटाइजेसन अपरेसनु जारी रहेको सेनाले जनाएको छ । रासस/सिन्ह्व
प्रतिक्रिया